२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। बिहीबार रातिदेखिको लगातार झरीका कारण कालीगण्डकी गाउँपालिका–६ बरल्वामा सडक माथिबाट ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिँदै सडकमा ठूलो ढुङ्गासहितको पहिरो खसेको र त्यसले यातायात पूर्ण रूपमा रोकिएको बताए। उनका अनुसार, सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ।

वर्षायाममा पहिरोको जोखिम उच्च हुने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रु तथा स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। साथै, कुनै समस्या परेमा नजिकको प्रहरी चौकी वा प्रशासनमा तत्काल जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ।

गुल्मी क्षेत्रका मुख्य यातायात मार्गमध्ये एक रहेको कालीगण्डकी करिडोर अवरुद्ध हुँदा आवागमन प्रभावित भएको छ भने स्थानीय बासिन्दा दैनिक कार्यमा समेत प्रभावित भएका छन्।

– तिलाचन पाण्डे, गोरखापत्र

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय