२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले आफू पार्टी राजनीतिमा फर्कन चाहेको र त्यसका लागि एमालेको सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। एमालेबाट निष्कासनपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कदमलाई विवादास्पद बनाउने कुनै कारण नरहेको बताइन्।

भण्डारीले भनिन्, “म राजनीतिक व्यक्ति भएकैले राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी हुँ। अब राजनीतिक दलमा पुनः सक्रिय भएर देश र जनताको सेवा गर्न चाहन्छु, यो अनौठो होइन।”

उनले एमालेको सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै, त्यसका आधारमा आफूलाई निष्कासन गर्ने निर्णय अवैध र पार्टीविरोधी भएको टिप्पणी गरिन्। “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखाइसकेको छु, मलाई कुनै पदको लालसा छैन,” उनले भनिन्।

भण्डारीले एमालेले गरेको निर्णयलाई आवेग र उत्तेजनामा गरिएको भन्दै त्यस्तो निर्णयले पार्टीको साखमा आघात पुग्ने चेतावनी दिइन्। “मलाई दलमा आबद्ध भएर काम गर्न संविधानले रोक्दैन। यो घामजत्तिकै छर्लङ्ग कुरा हो,” उनले जोड दिइन्।

उनले संविधान, कानुन र जबजको मर्मले पनि आफूजस्ता व्यक्तिलाई राजनीति गर्न निषेध नगरेको दाबी गर्दै भनिन्, “मलाई सदस्यताबाट वञ्चित गराउने कुनै वैधानिक कारण छैन।”

एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाउँदै भण्डारीले अब आफ्नो राजनीतिक यात्रामा पुनः सक्रिय हुने संकेत दिएकी छन्।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय