२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले व्यापक वर्षाको सम्भावना छैन।

हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुन सक्ने मौसमविद्हarुले जनाएका छन्।

यसैगरी, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरिएको छ।

महाशाखाले स्थानीय बासिन्दाहरूलाई खोला–नदी आसपास सर्तक रहन, आवश्यक नपरी घर बाहिर ननिस्कन र मौसम अपडेटबारे सूचित भइरहन समेत आग्रह गरेको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय