२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। मंगलबार संसदीय दलको कार्यालयमा भएको बैठकमा ३७ सदस्य सहभागी हुँदा २२ जनाले प्रस्तावको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका थिए।

बहुमतको आधारमा प्रस्ताव पारित भएपछि लामा संसदीय दलको नेताबाट पदमुक्त भएका छन्। लामाले २०७९ पुस १३ मा इन्द्र बानियाँलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका थिए। त्यतिबेला उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मत पाएका थिए।

अविश्वास प्रस्तावबारे छलफलपछि गरिएको मतदानमा लामा पक्षधरले कार्यविधि निर्माण नभएको भन्दै आपत्ति जनाएका थिए। तर, प्रक्रियाअनुसार मतदान गरिने सहमति बनेपछि प्रस्तावमाथि मत विभाजन गरिएको थियो।

बानियाँ पक्षधर सांसदहरूद्वारा दर्ता गरिएको अविश्वास प्रस्तावमा छलफलका क्रममा पार्टी केन्द्रीय कार्यालयबाट पठाइएको पत्र र प्रस्ताव दर्ताको औपचारिक जानकारी पढेर सुनाइएको थियो। पार्टीले पर्यवेक्षकका रूपमा केन्द्रीय सदस्य राजन केसीलाई बैठकमा पठाएको थियो।

अब कांग्रेस बागमती संसदीय दलले नयाँ नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्नेछ। कांग्रेस विधानअनुसार गोप्य मतदानबाट ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार संसदीय दलको नेता चयन हुनेछ। यसका लागि दलले प्रदेश समिति मार्फत निर्वाचन समिति गठन गरी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

संसदीय दलको नेतृत्वमा आएको यस परिवर्तनले कांग्रेस बागमती प्रदेशको आन्तरिक शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय