२०८२ असार २ | [email protected] | Nepali Unicode|Preeti to Unicode

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक सूचना जारी गर्दै दर्शकहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलका क्रममा मैदानभित्र प्रवेश नगर्न अनुरोध गरेको छ।

May be an image of rhinoceros and text that says 'CAN MESSAGE to OUR #RHINOFANS From every chant to every clap, your energy fuels #NepalCricket. Your support is the heartbeat of Team Nepal, standing loud and proud, united behind the #Rhinos. However, in the interest of everyone's safety and in accordance with international match regulations, we kindly request fans not to enter the playing area at any time, whether during or after the match.. Let us continue to set the standard for passionate support across the sporting world. Your spirit defines #Rhino strength. #NepalCricket'

CAN

विश्वकप लिग २ अन्तर्गत आज ३:४५ मा हुने  नेपाल र नेदरल्यान्ड्सबीचको खेलको पूर्वसन्ध्यामा जारी सूचनामा क्यानले सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डको कारण उल्लेख गर्दै यस्तो अनुरोध गरेको हो।

क्यानको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचनामा भनिएको छ, “सबैको सुरक्षाका खातिर र अन्तर्राष्ट्रिय खेलको नियम अनुरूप हामी फ्यानहरूलाई कुनै पनि समय, खेलका क्रममा वा खेलपछि पनि, मैदानभित्र प्रवेश नगर्न अनुरोध गर्छौं।”

यसअघि नेपाल र स्कटल्यान्डबीचको खेलमा नेपालको रोमाञ्चक जितपछि उत्साहित दर्शकहरू खुशी मनाउँदै मैदानभित्र प्रवेश गरेको घटनालाई मध्यनजर गर्दै क्यानले यो सूचना जारी गरेको देखिन्छ।

संघले भने फ्यानहरूको निरन्तर साथ र समर्थनको अपेक्षा गरेको पनि जनाएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर