२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘सैयारा’ तेस्रो सातासम्म चलिरहँदा ३ सय करोडको नजिक | निजामती सेवा विधेयक छानबिन समिति बैठकमा नाटकीय मोड: संयोजकसहित ४ सांसद बैठकबाट बाहिरिए | एबी डिभिलियर्सको प्रशंसा: "नेपाल खतरनाक टिम हो, भविष्यमा एनपीएल खेल्न सक्छु" | "राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन |

संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ प्रावधानसम्बन्धी छानबिन गर्न गठन गरिएको विशेष समितिको बैठक एकाएक अवरुद्ध भएको छ। समितिका संयोजकसहित सत्तारूढ दलका चार सांसद बैठक बीचमै छोडेर निस्किएपछि आजको बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रतिनिधि सभामा गठित विशेष समितिको बैठक जारी रहेको समयमा नेपाली कांग्रेसका जीवन परियार (समितिका संयोजक) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य एकाएक उठेर निस्किएका थिए।

“मिटिङ चलिरहेको थियो तर एकाएक चार जना सांसद निस्किएर कतै जानुभयो,” ती सदस्यले भने, “हामीले फोन गर्दा पनि रिसिभ गर्नुभएको छैन। आज प्रतिवेदनको भाषा टुंग्याउने दिन थियो।”

राप्रपाकी सांसद रोशन कार्कीले पनि उनीहरू बैठक कोठाबाट उठेर हिँडेको पुष्टि गरिन्। “हामी अहिले पनि बैठकमा बसिरहेका छौं। विपक्षी दलका सदस्य त बसिरहेकै छौं,” उनले भनिन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफूहरू बैठक कक्षमै रहेको र बाँकी सदस्यहरूको प्रतीक्षामा रहेको जानकारी दिए। “हामी अझै बैठकमै छौं, पर्खिरहेकै छौं,” उनले भने।

छानबिन विशेष समितिको म्याद आजै (साउन १८) सकिँदैछ। गत २३ असारमा गठित उक्त समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो, जुन पछि एक हप्ता थपिएको हो।

प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’को प्रावधान निष्क्रिय हुने गरी भएको संशोधनबारे गम्भीर त्रुटि देखिएपछि विशेष समिति गठन गरेको थियो।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य छन्। बैठक छाडेर निस्किएका चारै सांसदसँग पटक–पटक सम्पर्क प्रयास गरिए पनि उनीहरूले फोन उठाएका छैनन्।

प्रतिवेदन अन्तिम चरणमा पुगेको अवस्थामा समिति संयोजकसहितका सांसदको अचानक बहिर्गमनले विधेयकको छानबिन प्रक्रिया फेरि अन्योलमा परेको देखिएको छ। यस्तो समयमा समितिको म्याद सकिनु र निष्कर्ष ननिस्कनु विधायिकाको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्ने संकेत देखिन्छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय