
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ।
क्यान अन्तर्गतको नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको वित्तीय विवरणअनुसार कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ भएको छ। प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्।
बचत भएको कुल रकममध्ये ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटै फ्रेन्चाइज टोलीहरूलाई बाँडिएको छ। बाँकी रकममध्ये ७० लाख रुपैयाँ प्रदेश क्रिकेट संघहरूलाई प्रदान गरिएको छ भने शुद्ध बचत रकम २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा सुरक्षित गरिएको हो।
एनपीएलको पहिलो संस्करणले व्यवसायिकरूपमा उल्लेख्य सफलता हासिल गरेको क्यानले जनाएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको आर्थिक सम्भावना र व्यवस्थापन क्षमतालाई नयाँ उचाइमा पुर्याएको बताइएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.