२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका जाने सामानहरूमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकाबाट एफ-३५ स्टिल्थ लडाकु विमान नकिन्ने निर्णय गरेको छ।

अमेरिकी सञ्चार संस्था ब्लुमबर्गले भारत सरकारका स्रोतहरूलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भारतले निकट भविष्यमा एफ-३५ मात्र होइन, कुनै पनि ठूला रक्षा सम्झौता अमेरिकासँग नगर्ने भएको हो।

नाम नखुलाउने शर्तमा भारतीय अधिकारीहरूले भने, “भारत अब संयुक्त हतियार विकास, प्रविधि हस्तान्तरण, स्वदेशमै उत्पादन र आत्मनिर्भरता आधारित रक्षा रणनीतिलाई प्राथमिकता दिन्छ।”

एफ-३५ खरिदसम्बन्धी कुरा यस वर्ष फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्तामा उठेको थियो। ट्रम्पले मिडियासामू भारतलाई एफ-३५ बेच्ने प्रस्ताव सार्वजनिकरूपमै राखेका थिए। तर भारतले औपचारिक रूपमा कहिल्यै सहमति जनाएको थिएन।

दुई देशबीचको व्यापार पाँच वर्षभित्र ५०० अर्ब डलर पुर्‍याउने योजना अनुसार भारतले हालै अमेरिकाबाट एमएच-६०आर सिहक हेलिकप्टर र पी-८आई निगरानी विमानजस्ता उच्च प्रविधीय सैन्य सामग्रीहरू खरिद गरिसकेको छ।

तर भारतले अझै पनि घरेलु उत्पादन क्षमतालाई प्राथमिकता दिने नीतिमा अडिग रहेको देखिएको छ। सरकारी अधिकारीहरूका अनुसार जबसम्म स्वदेशी उत्पादन क्षमता पूरा हुँदैन, तबसम्म अमेरिका वा अन्य मुलुकबाट उच्च प्रविधीय रक्षा सामग्रीहरू खरिद गर्न भारत इच्छुक छैन।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय