
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी रहेकी छन्।
शनिबार साँझ सुतिरहेकी अवस्थामै उनलाई सर्पले बाँया गालामा डसेको थियो। अवस्था गम्भीर भएपछि तत्काल सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा राति ८ बजे उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।
सुदूरपश्चिममा महिनावारीका समयमा छाउगोठमा सुत्ने परम्परा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। यस्ता प्रथाले महिलाको जीवनमा जोखिम बढाइरहेको यस्ता घटनाले पुष्टि गर्छन्।
सरकारले छाउपडी प्रथा अन्त्यका लागि कानुनी व्यवस्था र जनचेतना अभियान संचालन गरे पनि ग्रामीण क्षेत्रमा यो अभ्यास कायम रहँदा महिलाहरू जोखिममा परिरहेका छन्।
स्थानीय तह, समाजसेवी संस्था र सरोकारवालाहरूले यस्ता घटनालाई गम्भीरतापूर्वक लिँदै छाउगोठको प्रयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.