२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

डडेलधुरालगायतका पहाडी जिल्लामा लोपोन्मुख हुँदै गएका रैथाने बाली संरक्षण तथा बिउ उत्पादनमा अमरगढी नगरपालिका सक्रिय बनेको छ।

मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै र कोदो सँगै पहिले फापर, चिनो, गहत, भटमास, मास, मुसुरो, बोडी, गुराउस, सोट्टा, रयासजस्ता रैथाने बालीको व्यापक उत्पादन हुन्थ्यो। तर पछिल्लो दशकयता किसानले यस्ता बाली लगाउन छोड्दै गएका छन्।

कृषि क्षेत्रका जानकारहरूका अनुसार बिउमा बढ्दो परनिर्भरता, जङ्गली जनावरको आतंक, बढ्दो बसाइँसराइ, र परम्परागत कृषि प्रणालीले गर्दा किसान रैथाने बालीप्रति आकर्षित रहन सकेका छैनन्।

डेढ दशकअघि अमरगढी नगरपालिका–७ मा स्थापना गरिएको बिउ बैङ्कले केही समयसम्म देशभरि बिउ आपूर्ति गरे पनि संघीयता आएपछि आवश्यक कार्यक्रम नआएकाले बन्द गर्नुपरेको तत्कालीन सञ्चालक एवं वडा अध्यक्ष खडक बोहोराले जानकारी दिनुभयो।

रैथाने बाली संरक्षण तथा जैविक विविधता प्रवर्द्धनका लागि अमरगढी नगरपालिकाको कृषि शाखाले “कृषि जैविक विविधता संरक्षण तथा सामाजिक बिउ सुदृढ कार्यक्रम” सञ्चालनमा ल्याएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ११ वटै वडाका किसानलाई शतप्रतिशत अनुदानमा कोदो, सिमी, कागुनो, र चिनोको बिउ वितरण गरेको कृषि शाखा संयोजक रमेश भण्डारीले जानकारी दिनुभयो।

यसका साथै अमरगढी–७ को पोखरा क्षेत्रमा रहेको पुरानो बिउ बैङ्क पुनः सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ बजेट खर्च गरिएको छ।

कृषक सरस्वती भण्डारीले तालिमसँगै बिउ भण्डारणका लागि हार्मेटिक ब्याग र मल कुहाउने इएम झोल पाउँदा खेतीमा सहज भएको बताउनुभयो।

स्थानीय जलवायु र भूगोलसँग अनुकूल यस्ता बाली पोषणमा भरपूर, जलवायु परिवर्तन प्रतिरोधी र वातावरणमैत्री मानिन्छन्।

अमरगढी नगरपालिकाको यो पहलले न केवल जैविक विविधता जोगाउने विश्वास गरिएको छ, तर यसले स्थानीय खाद्य प्रणाली सुदृढ गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

  • गोरखापत्र अनलाइन

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय