२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘सैयारा’ तेस्रो सातासम्म चलिरहँदा ३ सय करोडको नजिक | निजामती सेवा विधेयक छानबिन समिति बैठकमा नाटकीय मोड: संयोजकसहित ४ सांसद बैठकबाट बाहिरिए | एबी डिभिलियर्सको प्रशंसा: "नेपाल खतरनाक टिम हो, भविष्यमा एनपीएल खेल्न सक्छु" | "राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन |

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ।

उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो भने २०८१ चैत ४ गते राष्ट्रियसभाले पारित गरिसकेको छ। अब प्रतिनिधिसभाले उक्त विधेयकमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।

विधेयकमा आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्रवर्धन गर्ने, विशेषज्ञ सेवा प्रदान गर्ने, नवीनतम प्रविधिको विकास र विस्तारमार्फत आँखा स्वास्थ्यमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा तिलगङ्गा नेत्र विश्वविद्यालय स्थापना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारले नेपालमा बढ्दो आँखासम्बन्धी स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न उच्चस्तरीय जनशक्ति उत्पादन र स्वास्थ्य सेवा विस्तार गर्नका लागि सो विश्वविद्यालय स्थापना गर्न विधेयक अघि सारेको हो

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय