२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनअघि सभापतिको उम्मेदवार छनोट गर्ने विषयमा परामर्श गरेर अघि बढ्न सुझाव दिएका छन्। मंगलबार बूढानीलकण्ठ पुगेका ‘पाँच भाइ’ नेताहरूले सभापति देउवासँग भेट गरी पार्टीको भावी नेतृत्वबारे गम्भीर छलफल गरेका हुन्।

पूर्वउपसभापति विमलेन्द्र निधिको अनुपस्थितिमा उपप्रधानमन्त्री एवं नेता पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सहभागी उक्त टोलीले सोमबार चाक्सीबारीमा बसेको ७ नेताको बैठकको निष्कर्ष देउवालाई सुनाएका थिए।

नेताहरूले सभापति देउवालाई “अबको सभापति को बन्ने?” भन्ने खुला प्रश्न गर्दै आफूहरूसँग छलफल गरेर मात्र निर्णय लिन आग्रह गरे। देउवाले भने आफूले पार्टीको १५औँ महाधिवेशनमा कसैलाई पनि उम्मेदवार बनाउने वाचा नगरेको स्पष्ट पारेका छन्।

भेटमा सहभागी एक नेताका अनुसार, नेताहरूले सधैं देउवा समूहमा साथ दिएकोले पार्टी नेतृत्वका लागि योग्य उत्तराधिकारी देउवा पक्षबाटै छानिनुपर्ने बताएका थिए।

त्यसै क्रममा, नेताहरूले संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाका पछिल्ला गतिविधिलाई विशेष महत्व दिनु आवश्यक नरहेको निष्कर्ष निकालेका छन्। “शेखर कोइरालाका गतिविधिबाट ठोस निष्कर्षमा पुग्न सकिने देखिँदैन,” एक नेताले भने, “त्यसैले अहिलेको प्राथमिकता देउवा पक्षकै एकता र नेतृत्व तय गर्नु हो।”

हाल पार्टीभित्र डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले सभापतिको आकांक्षा देखाउँदै तयारी गरिरहेका छन्। तर देउवा पक्षबाट कसलाई साझा उम्मेदवार बनाउने भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक समिकरण र नेताबीचको समझदारीले पार्टीको भावी नेतृत्व को हातमा जाने भन्ने टुंगो लगाउने संकेत देखिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय