
धुनिबेशी नगरपालिका वडा नं. ७ र ९ मा अवस्थित दुई विद्यालयका विद्यार्थीहरू मिति २०८२/०२/१८ गतेदेखि सम्पर्कविहिन भएका छन्। विद्यालय जानका लागि घरबाट निस्किएका दुई विद्यार्थी हालसम्म घर फर्किएका छैनन्।
बेपत्ता विद्यार्थीहरूको विवरण
सम्पर्कविहिन भएका विद्यार्थीहरूमा धुनिबेशी नगरपालिका ०७ स्थित मच्छिन्द्र माध्यमिक विद्यालय , खानीखोलामा अध्ययनरत मानशी साउद र धुनिबेशी नगरपालिका ०९ महादेवस्थान माध्यमिक विद्यालय,कुमाईखोलामा अध्ययनरत सुस्मिता तामाङ रहेका छन्।

दुवै विद्यार्थी सामान्य दिनजस्तै विहान विद्यालय जानका लागि घरबाट निस्किएका थिए। तर, त्यसदिनदेखि नै उनीहरूको कुनै खबर छैन र परिवारसँगको सम्पर्क पनि टुटेको छ।
विद्यार्थीहरूको परिवारले स्थानीय प्रहरी चौकी र प्रशासनलाई जानकारी गराएको छ।
बेपत्ता विद्यार्थीहरूका बारेमा कुनै जानकारी भएमा निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ: ९८५१२८२९११, ९८५११००७१९
अद्यावधिक जानकारी: मिति २०८२/०२/१८ गतेदेखि बेपत्ता भएका दुवै विद्यार्थी मानशी साउद र सुस्मिता तामाङ परिवारको सम्पर्कमा आएका छन्। धुनिबेशी नगरपालिकाका स्थानीय समाजसेवी प्रमोद गिरीले सामाजिक सञ्जाल मार्फत परिवारको स्रोत दिदै जानकारी गराएका हुन्।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.