सावित्रा ‘साम्बा’ भण्डारीको लगातार दोस्रो ह्याट्रिक, श्रीलंकाविरुद्ध पनि चम्किइन्
काठमाडौं, असार १७ –
एएफसी महिला एसियन कप छनोटमा नेपालको कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी छिन्।
पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले मंगलबार श्रीलंकाविरुद्ध पनि पहिलो हाफमै ह्याट्रिक पुरा गर्दै टोलीलाई मजबुत अग्रता दिलाइन्।
उनले खेलको २०औं मिनेटमा पहिलो गोल, ४२औं मिनेटमा दोस्रो गोल, र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
नेपालका लागि खेलको ७औं मिनेटमै गीता रानाले पहिलो गोल गर्दै खाता खोलेकी थिइन्। पहिलो हाफ सकिँदासम्म नेपाल ४-० ले अगाडि रहेको छ।
सावित्राको यो प्रदर्शनले नेपाललाई समूह चरणमा उत्कृष्ट सुरुआत दिलाएको छ। एसियन कपमा नेपाली महिला टोलीको सम्भावना बलियो देखिएको छ।