२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोश व्यक्त गरे। आन्दोलनमा निजी तथा सरकारी अस्पतालका चिकित्सकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतका केही फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको र चिकित्सकहरूलाई हतोत्साहित बनाएको आरोप लगाउँदै सोमबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय लिएको हो।

संघले असार २० गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको छ।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले अदालतको फैसला चिकित्सकमाथि प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै भने, “राज्यले चिकित्सकमाथि सजायको भार थपेको छ, हामी यस्तो अवस्था स्वीकार्दैनौं। समाधान नभएसम्म आन्दोलन जारी रहन्छ।”

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतका ठूला अस्पतालमा ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू ठूलो मारमा परेका छन्।

अस्पतालका आकस्मिक सेवा भने सुचारु रहेका छन्।

नेपाल चिकित्सक संघको नेतृत्वमा भएको यो आन्दोलनमा अन्य नौवटा स्वास्थ्यसँग सम्बन्धित संघसंस्थाले पनि समर्थन जनाएका छन्।

चिकित्सकहरूले आन्दोलनमार्फत अदालतको ‘अव्यावहारिक’ फैसलाको खारेजी र चिकित्सकहरूमाथि सुरक्षित वातावरणको माग गर्दै आएका छन्।

सरकारले हालसम्म कुनै ठोस पहल नगरेको भन्दै संघले दबाबका कार्यक्रम अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय