२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि एसिया तथा इष्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता लक्षित गर्दै प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणको जानकारी दिएको हो। विशेष कुरा के छ भने, म्याच फिक्सिङ प्रकरणपछि लामो समय टिम बाहिर रहेका मोहम्मद आदिल आलम पनि यो सूचीमा परेका छन्। उनलाई अदालतबाट सफाइ पाएसँगै क्यानले प्रतिबन्ध फुकुवा गरेको थियो, जसपछिको यो उनको पहिलो टिम क्याम्प हो।

प्रारम्भिक ३२ खेलाडीको सूची:

रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ति, युवराज खत्री, कमल सिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।

नेपालले सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट चरण पार गर्न एसिया तथा इष्ट एसिया–प्यासिफिक क्षेत्रबाट प्रतिस्पर्धा गर्नु पर्नेछ। यसका लागि क्यानले अनुभवी र युवा खेलाडीहरूको संयोजनसहित बलियो टिम निर्माण गर्ने तयारी थालेको छ।

प्रशिक्षणको मिति र स्थान क्यानले चाँडै सार्वजनिक गर्ने बताइएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय