२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति यसअघि नरम देखिएका ट्रम्पले शान्तिका लागि तयार नदेखिएपछि रूसविरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेका हुन्।

आफू राष्ट्रपति भएको भए रूस युक्रेन युद्ध नै नहुने दाबी गर्दै आएका ट्रम्पले गत जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै युद्धविरामको पहल लिँदै आएका छन्।

युद्धविराम गराउन ट्रम्प सुरूवातमा क्रेमलिनप्रति नरम र किभप्रति आक्रामक देखिएका थिए। तर जति नै नरम भए पनि रूसले विभिन्न बहानामा युद्धविराम प्रस्ताव नमानेपछि ट्रम्पले युक्रेनलाई रूसमाथि हमला गर्न लामो दूरीका हतियार दिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसको राजधानीलाई नै लक्ष्य गरेर आक्रमण गर्न सक्छौं कि सक्दैनौं भनेर प्रश्न समेत गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

‘भोलोदिमिर! हतियार पायौ भने तिमी मस्कोमा हान्न सक्छौं? सेन्ट पिटर्सबर्गमा पनि हान्न सक्छौं?,’ ट्रम्पले जेलेन्स्कीलाई सोधेका थिए।

जबाफमा जेलेन्स्कीले अमेरिकाले हतियार दिए मस्को र पिटर्सबर्गमा प्रहार गर्न सकिन्छ भनेर जबाफ दिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय