२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच आज खुमलटारमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

शेखर कोइराला प्रचण्ड निवास खुमलटार पुगेर करिब दुई घण्टा लामो छलफलमा सहभागी भएका हुन्। शेखर निकट एक नेताका अनुसार पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत रूपमा कुराकानी भएको हो।

“पछिल्लो राजनीतिक परिस्थिति र शक्ति सन्तुलनबारे उहाँहरूबीच गहिरो छलफल भयो,” ती नेताले जानकारी दिए।

नेकपा (एमाले) सँग कांग्रेसको पछिल्लो सहकार्यप्रति नेता शेखर कोइराला खुलेरै असन्तुष्टि जनाइरहेका छन्। विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति उनले सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्।

यस्तो अवस्थामा कोइरालाको प्रचण्ड निवास पुगेर गरिएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूले यो भेटलाई आगामी सत्ता समीकरण तथा विपक्षी ध्रुवीकरणका सम्भावनासँग जोडेर हेर्न थालेका छन्।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय