
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चालु आर्थिक वर्षमा नेपालले कुल रु. २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी दिनुभएको हो।
उहाँका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखमा सीमित थियो। यस वर्षको निर्यात गत वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको छ।
“यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो। यसपटक भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख पुगेको छ।”
प्रधानमन्त्री ओलीले यो वृद्धिलाई सरकारको प्रभावकारी नीति तथा प्रयासको परिणामका रूपमा वर्णन गर्नुभएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.