२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेपाल एयरलाइन्समार्फत पहिलोपटक काठमाडौंदेखि मलेसियाको कोलालम्पुरसम्म यात्रा गर्दा   समाजसेवी तथा नागरिक अगुवा केपी अधिकारीले आफूले भोगेको गम्भीर र असहज अनुभव सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै जहाजभित्र देखिएको दुर्व्यवस्था र गैरजिम्मेवारपनबारे गुनासो पोखेका छन्।

अधिकारिका अनुसार, उनले पहिलो पटक नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानबाट यात्रा गर्ने मौका पाए पनि त्यो अनुभव ‘अव संभवतः अन्तिम हुने’ जस्तो लाग्ने खालको बन्यो। पोस्टमा उनले लेखेका छन्, “दर्जनौं अन्तर्राष्ट्रिय र सयौं राष्ट्रिय हवाई यात्रा गरिसकेको म, नेपाली झण्डावाहक जहाज चढ्न नपाएकोमा दुःखी थिएँ। आज चढ्ने मौका पाएँ तर अब फेरि चढ्ने जाँगर आएन।”

उडुस / तस्बिर: केपी अधिकारीको फेसबुक

अधिकारीले जहाजमा उडुस  फेला परेको र उक्त गुनासो गर्दा पनि एयर होस्टेसहरुले ध्यान नदिएको बताएका छन्। “उडुस देखाएँ, सरी भन्ने पनि होइन, पट्याएर लगे र फालिदिए,”

त्यति मात्र होइन, उनले जहाजभित्रको सिटहरू फोहोर रहेको र एयर होस्टेसहरूको व्यवहार पनि “उस्तै पट्यारलाग्दो” भएको गुनासो गरेका छन्। खानाको सेवा पनि ढिलो गरिएको भन्दै उनले लेखेका छन्, “उडानको दुई घण्टापछि मात्रै खाना ल्याइयो। त्यो पनि राति १२ बजे।”

अधिकारीले  “कहिले हुन्छ सुधार?”  गम्भीर प्रश्न उठाएका छन् साथै उनले उक्त घटनाका प्रमाणस्वरूप केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् र भिडियो फुटेज पनि आफूले सुरक्षित राखेको बताएका छन्।

नेपाल एयरलाइन्सका सम्बन्धित निकायले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, यात्रुबाट बारम्बार आउने यस्ता गुनासाले राष्ट्रिय ध्वजावाहकको छवि र विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय