
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा लोडसेडिङ नभएको स्पष्ट पारेका छन्। मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले गर्मीयाममा विद्युत् खपत अत्यधिक बढेकाले केही स्थानमा ट्रिपिङको समस्या देखिएको भए पनि यो लोडसेडिङ भने नभएको बताएका हुन्।
“हाल नेपाल विद्युत् प्राधिकरणले निर्यात समेत गरिरहेको अवस्थामा लोडसेडिङ भन्ने कुरा निराधार हो,” मन्त्री खड्काले भने, “गर्मीका समयमा लोड बढी भएपछि ट्रान्सफर्मरमा दबाब आउँछ, कहिलेकाहीँ ट्रिपिङ हुन्छ, तर यसलाई लोडसेडिङ भन्न मिल्दैन।”
उनले वर्षायाममा चट्याङ, पानी तथा हावाहुरीका कारण धेरै ठाउँमा ट्रान्सफर्मर जल्ने, लाइन बिग्रिनेजस्ता प्राविधिक समस्या हुने भएकाले मर्मत गर्न केही समय लाग्न सक्ने बताए। “मर्मतको प्रक्रिया बीचमा केही घण्टाको विद्युत् अवरोध भए पनि यसलाई लोडसेडिङको रूपमा अफवाह फैलाउने काम भइरहेको छ,” उनले स्पष्ट पारे।
मन्त्री खड्काले वर्तमान सरकार विद्युत् सेवा विस्तार र प्रणाली सुधारमा जुटिरहेको उल्लेख गर्दै जनता बीच अनावश्यक डर नफैलाउन आग्रह गरे।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.