
नेपाल क्रिकेट संघ (क्यान) ले आज एक सूचना जारी गर्दै दर्शकहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलका क्रममा मैदानभित्र प्रवेश नगर्न अनुरोध गरेको छ।

CAN
विश्वकप लिग २ अन्तर्गत आज ३:४५ मा हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेलको पूर्वसन्ध्यामा जारी सूचनामा क्यानले सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डको कारण उल्लेख गर्दै यस्तो अनुरोध गरेको हो।

क्यानको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचनामा भनिएको छ, “सबैको सुरक्षाका खातिर र अन्तर्राष्ट्रिय खेलको नियम अनुरूप हामी फ्यानहरूलाई कुनै पनि समय, खेलका क्रममा वा खेलपछि पनि, मैदानभित्र प्रवेश नगर्न अनुरोध गर्छौं।”
यसअघि नेपाल र स्कटल्यान्डबीचको खेलमा नेपालको रोमाञ्चक जितपछि उत्साहित दर्शकहरू खुशी मनाउँदै मैदानभित्र प्रवेश गरेको घटनालाई मध्यनजर गर्दै क्यानले यो सूचना जारी गरेको देखिन्छ।
संघले भने फ्यानहरूको निरन्तर साथ र समर्थनको अपेक्षा गरेको पनि जनाएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.