२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

नेपाली सेयर बजारले बिहीबार फेरि उत्साहजनक वृद्धि गर्दै २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको छ। नेप्से परिसूचक ९.१४ अंकले बढेर २,७०३.३८ बिन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि पछिल्लो समय देखिएको स्थिर बजारलाई ऊर्जा दिने संकेतका रूपमा हेरिएको छ।

हालै बजार क्रमशः बढिरहेको भए पनि कारोबार रकम भने सामान्य घटेको देखिन्छ। बुधबार ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ९ अर्ब ६४ करोडमा सीमित रह्यो। कुल १२२ कम्पनीको शेयर मूल्य वृद्धि भएको थियो भने १२५ कम्पनीको मूल्यमा गिरावट आयो।

फाइनान्स समूहको चमक फर्कियो

लामो समय कमजोर प्रदर्शन गरिरहेको फाइनान्स समूहमा आज उत्साहजनक सुधार देखिएको छ। यो समूह एकै दिन ४.०९ प्रतिशतले उकालो लाग्यो, जुन आजको सबैभन्दा धेरै वृद्धि भएको क्षेत्र हो। आइतबारदेखि बजार क्रमशः बढिरहेको भए पनि फाइनान्सले खासै गति लिन सकेको थिएन।

त्यस्तै, जीवन बीमा समूह २.६२ प्रतिशत र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले बढे। विकास बैंक १.२०, बैंकिङ ०.३१, उत्पादन तथा प्रशोधन ०.३९, अन्य समूह ०.०३ प्रतिशतले उकालो लागे।

तर, व्यापार समूह १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशतले घटेका छन्।

नेपाल फाइनान्सको मूल्य १०% वृद्धि, सप्तकोशीमा उच्च गिरावट

नेपाल फाइनान्सको शेयर मूल्य आज १० प्रतिशतले बढ्दै सर्वाधिक लाभ कमाउने कम्पनी बन्यो। त्यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले वृद्धि भएको छ।

दोस्रोतर्फ, सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घटेर सर्वाधिक घाटामा परेका कम्पनी बने। धौलागिरी लघुवित्त ५.५५ र पाँचथर पावर ३.७९ प्रतिशतले घटे।

आज कारोबार रकमका आधारमा अगाडि रहेका प्रमुख कम्पनीहरूमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय