२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई छुटाउनका लागि सुरु गरिएको हस्ताक्षर संकलन अभियान अहिले विवादमा तानिएको छ। पार्टीले रविको समर्थनमा देश–विदेशमा ब्यानरसहित अभियान चलाइरहेकै बेला मानसिक रुपमा अस्वस्थ देखिने व्यक्तिलाई पैसा दिएर संलग्न गराएको भन्दै आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा रिलिप तामाङ नाम गरेका व्यक्तिले हस्ताक्षर संकलन गरेबापत दिनको एक हजार रुपैयाँ पाउने बताएका छन्। उनी मानसिक रूपमा पूर्ण रूपमा स्वस्थ नरहेको देखिन्छ। उनलाई हस्ताक्षर अभियानमा प्रयोग गरिएको देखिएपछि आलोचकहरूले रास्वपामाथि कमजोर मानसिक अवस्थाको दुरुपयोग गरेको आरोप लगाएका छन्।

 

टिकटकमा “गोले” भनेर चिनिने ती व्यक्तिबारे सामाजिक सञ्जाल प्रयोगकर्ता माधव खतिवडाले लेखेका छन्, “यी भाइलाई पटक–पटक राजनीतिक कार्यक्रमहरूमा देखिन्छन्। तर, मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई यसरी प्रयोग गर्नु गलत हो।” रास्वपाले उनलाई मात्र पैसा लिएको छैनन् , अभियानमा अन्य थुप्रैबाट रकम असुल गरेको भन्दै झन थप आलोचना चुलिएको छ ।

यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रास्वपाको आलोचना गर्दै कटाक्ष गरेका छन्।

सुशीला भट्टराई :कठै, बिजोक छ घण्टेहरूको। सुन्दर सापकोटा :घण्टेका होनहार कार्यकर्ताहरू!

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने हाल भैरहवा कारागारमा छन्। उच्च अदालत तुलसीपुर–बुटवल इजलासले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, रास्वपाले यो विषयलाई राजनीतिक प्रतिशोधको रूपमा प्रस्तुत गर्दै छुटाउने अभियान थालेपछि अदालत र कानुनको पालना नगरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

यस्तै हस्ताक्षर संकलन र चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले आपत्ति जनाउँदै एक विज्ञप्ती जारी गरेको छ ।

मुलुकभित्र रहेका विभिन्न सहकारी संस्थाहरूमा बचतकर्ताहरुको बचत रकम गैर कानुनी ढङ्गबाट अपचलन गरेको आरोपमा सम्मानीत उच्च अदालत तुलसीपुर दाङको आदेश बमोजिम अनुशन्धानको क्रममा पूरपक्षका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाईको बहानामा जिल्लाका विभिन्न स्थानहरूमा हस्ताक्षर संकलन र चन्दा संकलन अभियान चलाइएको भन्ने जनगुनासो प्रति नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । सहकारी पिडितहरूको उजुरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा रहेका व्यक्तिका सम्बन्धमा सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन गरिएको यस प्रकारको क्रियाकलाप कानुनी राज्य र बिधिको शासन विपरीत भएको ठहर गर्दै दवाब र प्रभावजन्य यस्ता कार्यहरू तत्काल बन्द गरी सम्मानित अदालत र सम्बद्ध पक्षको अनुशन्धान कार्यमा अवान्छित प्रभाव नपार्न सम्बन्धित राजनीतिक दल र सो क्रियाकलापमा संलग्न व्यक्तिहरू समक्ष हामी जोडदार माग गर्दछौं , जारी विज्ञप्तीमा भनिएको छ ।

आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसंग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन गरिनुले जनमानसमा थप शंका उत्पन्न गरेको पृष्ठभूमिमा अनाधिकृत रुपले चन्दा संकलन गर्ने कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष नेपाली कांग्रेस यसै विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

न्यायिक प्रकृया चलिरहेको मुद्दामा सार्वजनिक हस्ताक्षर संकलन अभियानले नै विवाद निम्त्याएको बेला, मानसिक रूपमा कमजोर व्यक्तिलाई आर्थिक लोभ देखाएर प्रयोग गरिएको आरोपले रास्वपाको नैतिकतामाथि प्रश्न उठाएको छ। अभियानप्रति सहानुभूतिभन्दा आलोचना बढ्दो छ, जसले पार्टीको छविमा नकारात्मक असर पार्न सक्ने संकेत देखिएको छ।

source: sankalpa khabar

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय