२०८२ श्रावण १८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

छिमेकी चीनको तिब्बतस्थित एक हिमताल फुटेपछि ठूलो बाढी रसुवाको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेको छ। मङ्गलबार बिहान आएको बाढी हिमनदीमा बनेको ठुलो ताल फुटेर आएको हो। बाढीले त्रिशूली नदी हुँदै भोटेकोशी क्षेत्रसम्म प्रभाव पारेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशराज भट्टका अनुसार बाढी चीन–नेपाल सीमा क्षेत्रमाथिको हिमनदीमा बनेको पोखरी फुटेपछि आएको हो। हिमनदीको पानी ल्हेन्देखोला हुँदै भोटेकोशी, त्यसपछि त्रिशूली हुँदै नेपालमा छिरेको छ। भट्टका अनुसार स्याटेलाइट तस्बिरहरूले ताल फुटेको स्पष्ट देखाएका छन्।

तस्बिर विश्लेषण अनुसार आइतबारसम्म ६ लाख ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल मङ्गलबार बाढी आएपछि चार लाख ३५ हजार वर्गमिटरमा झरेको देखिएको छ। केही भागमा अझै पनि पानी जमिरहेको छ। “नेपालतर्फ बाढीको निकास लिँदा ठुलो कुलेसो बनेको छ,” भट्टले बताउनुभयो।

जलवायु परिवर्तनको प्रत्यक्ष असर

विशेषज्ञहरूका अनुसार यस्ता घटना जलवायु परिवर्तनको कारण तीव्र तापक्रम वृद्धि र हिउँ पग्लिनुका परिणाम हुन्। हिममण्डल अनुसन्धानकर्ता अमृत थापाले बाढी आउनु केही दिनअघि हिमनदीको माथिल्लो भागमा अत्यधिक हिउँ पग्लिएको देखिएको बताउनुभयो। “हिउँ र बरफ पग्लिएर पोखरीमा जम्मा भएको र जमिन कमजोर भएकाले पानीको चाप थेग्न नसकी फुटेको हो,” थापाले भन्नुभयो।

उता, चाइनिज एकेडमी अफ साइन्सका वैज्ञानिक नितेश खड्काले सुप्राग्लेसियल ताल — जुन हिमनदीको सतहमा बनिन्छन् — फुटेर रसुवामा बाढी आएको बताएका छन्। उहाँका अनुसार यस्ता तालहरू तापक्रमको उतारचढावले अस्थायी रूपमा बन्ने र तुरुन्तै फुट्ने खालका हुन्छन्।

देशभर यस्ता जोखिम बढ्दै

मुस्ताङको लोमन्थाङ, हुम्लाको तिलगाउँ र सोलुखुम्बुको थामे गाउँ जस्ता क्षेत्रमा विगतमा पनि यस्तै हिमताल फुटेर बाढी आएका थिए। सन् २०१५ यता यस्ता तालहरूको विस्तृत अध्ययन नभएको र अहिले पनि २१ वटा जोखिमयुक्त हिमताल नेपालभित्र रहेको तथ्य प्राधिकरणले जनाएको छ। सीमा क्षेत्रमा रहेका ४७ वटा तालले थप खतरा निम्त्याइरहेका छन्।

पर्वतीय अनुसन्धानकर्ता सुदीप ठकुरीका अनुसार हिन्दकुश हिमालय क्षेत्रमा तापक्रम लगातार बढिरहेको छ, जसले हिमनदी पग्लाउने गति तीव्र बनाएको छ। “यस्तो अवस्थामा हिउँ पग्लिएर बन्ने तालहरू जुनसुकै बेला फुट्न सक्छन्,” ठकुरीले भन्नुभयो।

वैज्ञानिक निगरानी र तयारीको खाँचो

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमतालहरूमा नियमित निगरानी र वैज्ञानिक अध्ययन आवश्यक भएको बताएको छ। यसैबीच, रसुवामा बाढीको प्रभाव र थप जोखिम मूल्याङ्कन गर्न सरकारी टोली खटिएको छ।

विशेषज्ञहरू भन्छन् — यस्ता घटनाहरू अब नियमित हुन सक्ने भएकाले, हिमनदी क्षेत्रको निगरानी, समयमै सूचना प्रवाह र जोखिम न्यूनीकरण उपायमा राज्य गम्भीर हुनुपर्ने समय आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय