२०८२ श्रावण १७ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
"राजीनामा देऊ, बिदा लिऊ!" माधव नेपालको झलनाथलाई कडा सन्देश | पूर्वनवयुवराजको भ्लगमाथि माओवादी सांसदको तीव्र आक्रोश: 'भोटे कुकुरको छाउरा' भन्दै गालीगलौज | World Record Reality Show “Challengers Everest” Premieres Tomorrow | Brisky’s Diss Track Sparks Heated Clash Between Rappers and Comedians in Nephop Scene | एनपीएल पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख रुपैयाँ नाफा | एफ-३५ लडाकु जेट भारतले नकिन्ने, ट्रम्पको कर नीतिले डिफेन्स डिल ठप्प | नागरिक उन्मुक्ति पार्टीमा गहिरिँदो पारिवारिक कलह : रञ्जिता हटाई लालवीर अध्यक्ष चयन | पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० पुग्यो | आज अधिकांश पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु |

सामान्यतया अर्थतन्त्रका केही क्षेत्रहरू सुस्त देखिएका बेला आर्थिक वर्ष २०८१/८२ मा नेपालको धितोपत्र बजार (सेयर बजार) ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। दोस्रो बजारमा कारोबार रकम २१ खर्ब रुपैयाँ नाघ्दै अबसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, २०८१/८२ मा कुल रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष २०८०/८१ मा कारोबार रकम रु ७ खर्ब ३४ अर्ब ६८ करोड मात्र रहेको थियो। यसअनुसार एक वर्षमै कारोबार १८९.२३ प्रतिशतले वृद्धि भएको हो।

योभन्दा अगाडि २०७७/७८ मा रु १४ खर्ब ५४ अर्ब बराबरको कारोबार भई रेकर्ड कायम भएको थियो।

बजार पुँजीकरणमा पनि सुधार

२०८२ सालको असार मसान्तसम्ममा बजार पुँजीकरण रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यो रु ३५ खर्ब ५३ अर्ब ६७ करोड मात्र थियो। सोही अनुसार बजार पुँजीकरणमा ३१.०५ प्रतिशतको वृद्धि भएको छ।

सूचीकृत कम्पनी र धितोपत्र

आर्थिक वर्षको अन्त्यसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। मर्जर तथा अधिग्रहण (M&A) प्रक्रियाबाट ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने ४ नयाँ कम्पनी प्रथम सार्वजनिक निष्कासन (IPO) मार्फत सूचीकृत भएका छन्।

कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकरणमा थपिएका छन्।
यी मध्ये:

  • ३ करोड ६५ लाख कित्ता IPO सेयर

  • ११ लाख २० हजार कित्ता थप सेयर

  • ४ करोड ३२ लाख ५८ हजार कित्ता सरकारी तथा स्थानीय सेयर

  • ३७ करोड ८१ लाख एकाइ सामूहिक लगानी कोष

  • ८३ लाख कित्ता संस्थागत ऋणपत्र समावेश छन्।

नेप्सेले सबै सरोकारवालालाई दियो धन्यवाद

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रवक्ता मुराहरि पराजुलीका अनुसार यो उत्साहजनक परिणाम प्राप्त गर्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता र सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवाद दिइएको छ।

विश्लेषकहरूका अनुसार, बजारमा देखिएको सक्रियता, लगानीकर्ताको विश्वास, नयाँ धितोपत्रको सूचीकरण, प्रविधिको प्रयोग र नियामक निकायहरूको समन्वयले गर्दा सेयर बजारले नयाँ उचाइ हासिल गर्न सकेको हो।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय